बहुभाषी सहयोग केन्द्र खानागावा

दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ

नेपाली

कोरोना भाइरस सम्बन्धी परामर्श

नयाँ बर्षको बिदामा पनि फोन द्वारा परामर्श गर्न सकिन्छ। दोभाषेहरु उपलब्ध छन्।। 「〇〇भाषा」भनेर, तपाईले बोल्न सक्ने भाषा भन्नुहोस्।
https://www.pref.kanagawa.jp/docs/k2w/covid19/ja_call.html

〇ज्वरो इत्त्यादिको उपचार बुकिंग सेन्टर (बिहानको ९ बजे बाट रातिको ९ बजे सम्म खुल्ला)
०५७०-०४८९१४
०४५-२८५-१०१५
ज्वरो आएको, खोकी लागेको वा घाँटी दुखेको व्यक्तिको लागि हस्पिटल बुकिंग गर्दिन्छ।

〇कोरोना भाइरस संक्रमण बिशेष डायल (२४ सै घण्टा खुल्ला)
०५७०-५६७७४
०४५-२८५-०५३६
कोरोना भाइरस सम्बन्धी जस्तो सुकै परामर्श लिन सकिन्छ।